कुचबिहार: धल्ला नदी किनारमा एक महिलाको मृतदेह फेला परेपछि क्षेत्रमा नै सनसनी फैलिएको छ। आइतबार बिहान माथाभाङ्गा जोरपाटकी क्षेत्रको हसनघाटस्थित श्मशानस्थल नजिकै खोलामा तैरिरहेको अपरिचित महिलाको मृतदेह देखियो। पुलिसले आएर मृतदेहलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाशघरमा पठाएको थियो। स्थानीय स्रोतका अनुसार मृतक महिलाको उमेर ३०–३२ वर्ष रहेको छ। अपरिचित महिलाको शव कसरी भेटियो भन्ने विषयमा अड्कलबाजी सुरु भएको छ।