गान्तोकः आगामी २० अगस्तको दिन पालन गरिने ३२औं भाषा मान्यता दिवसको तयारीलाई लिएर भाषा मान्यता दिवस समारोह समितिको एक सभा आज गेजिङ जिल्लाको क्योङसास्थित जिल्ला पञ्चायत भवनमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षतामा सिड्डिकोका अध्यक्ष जनक गुरूङले गरेका थिए। सभामा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधु शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
सभामा विभिन्न विषयमा छलफल गरेपछि भाषा मान्यता दिवस समारोहलाई सफल तुल्याउनु पर्ने विषयमा सबैले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइयो। यस अवसरमा पहिलो सभामा लिएका निर्णयहरूबारे चर्चा परिचर्चा गरियो, जसमा कथा पठन, कविता वाचन, संगीत, नृत्यु आदिको प्रतियोगिता सामेल थिए। सभामा उक्त कार्यक्रमलाई थप सार्थक र फलदायी बनाउन छलफल पनि भएको थियो।