जलपाइगढ़ीः जलपाइगढ़ी जिल्लाको मालबजार शहरको टुनबारी चिया कमानको ११/१२ सेक्शनबीच आइतवार बिहान एउटा चितुवाको शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। खबर फैलिनसाथ क्षेत्रमा चितुवाको शवलाई हेर्न भीड़ जमा भयो। घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाएपछि गोरूमारा वन्यजीव प्रभागको मालबजार वन्यजीव दस्ताका अधिकारी र कर्मचारी घटनास्थलमा पुगे। चितुवाको शव उद्धार गरी पोस्टमार्टमको निम्ति पठाइएको छ। चितुवा कसरी मऱ्यो, वन विभागका अधिकारीहरूले यसको जाँच गरिरहेका छन्।