अमृत भारत स्टेशन योजनामा सामेल कुचबिहारको दिनहाटा स्टेशन

IMG-20230410-WA0169-11-300x172-4

कुचबिहारः अमृत भारत स्टेशन योजना अन्तर्गत देशभरिका ५०८ रेलवे स्टेशनहरूको कायाकल्प गरिनेछ। जसमा कुचबिहार जिल्लाको एकमात्र स्टेशन दिनहाटा पनि सामेल छ। यही खुशीमा आइतवार दिनहाटा स्टेशनमा एक विशेष समारोहको आयोजन गरियो। जसमा केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिक, तुफानगञ्ज विधानसभा विधायक मालती राभा राय, नवनिर्वाचित कुचबिहार राज्यसभा सांसद नागेन्द्र नाथ राय (अनन्त महाराज) र रेलवे अधिकारी उपस्थित रहे।

यस अवसरमा केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले भने, कुचबिहारका महाराजाहरूको समयमा लामो दूरीका ट्रेनहरूका साथै बांग्लादेशको साथ सञ्चारको निम्ति दिनहाटा स्टेशनको उपोयग हुने गर्थ्यो। एकपल्ट फेर दिनहाटा स्टेशनबाट बांग्लादेश ट्रेनहरूको आवाजाही शुरू गर्नका लागि प्रयास भइऱहेछ। यद्यपि, दुई देशको मामिला भएको कारण केही समय लागिरहेछ। तर बांग्लादेशको विदेश मन्त्रालयले रेलवे विभागको साथ यस मुद्दामा धेरै पल्ट बैठक गरिसकेको छ। केन्द्र सरकारले यथासम्भव प्रयास गरिरहेछ ताकि दिनहाटादेखि बांग्लादेशसम्म आवाजाही सम्भव हुनसकोस्। कुचबिहार हवाईअड्डादेखि अझ् धेरै उड़ानहरू छिट्टै सञ्चालित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement