जलपाईगढीको अरबिन्द नगर निवासी बताउने पुनित कर्माकर बिराटनगरको आश्रममा

IMG-20230806-WA0295.jpg

खरसाङ: जलपाईगढीको मास्केलवाड़ी अरबिन्द नगर निवासी पुनित कर्माकर नाम बताउने एकजना मानिस हालमा नेपालको बिराटनगरस्थित मानव सेवा आश्रममा रहेका छन्। उनी यसै आश्रममा बस्दै आएका थिए भने हालमा उनले घर जाने इच्छा जाहेर गर्दै उक्त व्यक्ति बोलेको भिडियो नेपालबाट अन्तर्राष्ट्रीय मानव अधिकार सिक्किम राज्यको ईन्चार्च रबीन राईले पाएपछि उनले उक्त भिडियो पत्रकारहरूलाई पठाएका थिए। उक्त भिडियोमा पुनित कर्माकरले आफ्नो ठेगाना जलपाईगढीको मास्केलावाडी बताएका छन्। यदि उनको आफान्तले यस व्यक्तिलाई घर ल्याउन चाहेको खणडमा अन्तर्राष्ट्रीय मानव अधिकार सिक्किम राज्यकोईन्चार्च रबीन राईसित मोबाइल नम्बर ९४७४३५७००२ मा सम्पर्क गर्न सक्ने र उक्त व्यक्तिलाई घरसम्म ल्याउन सहयोग गर्ने पनि बताएका छन्। रबीन राईले नेपालको बिराटनगरस्थित मानव सेवा आश्रमबाट धेरैलाई उध्दार गरिसकेको कारणले यी वृध्दको पनि उद्दार होस् भन्नलाई यो भिडियो जारी गरिएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *