युनाइटेड दिलाराम फूटबल क्लबको रोमाञ्चक जीत

IMG-20230806-WA0165.jpg

६ अगस्तः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा युनाइटेड दिलाराम एफसी-ले तोंगसोंग किरकिटलाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा युनाइटेड दिलारामबाट विवेक खवास र पवन राईले गोल गरे। यसरी तोंगसोंग किरकिटबाट प्रवीण थामी र करणले गोल गरे।

यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement