६ अगस्तः जापानले असाधारण प्रदर्शन गर्दै वेलिंगटनमा खेलिएको म्याचमा नर्वेलाई ३-१-ले पराजित गरी चौथोपल्ट फिफा महिला वर्ल्ड कपको क्वार्टर फाइनलमा स्थान बनायो। २०११-को च्याम्पियन टीम जापानले अहिलेसम्म टुर्नामेण्टमा १४ गोल गरिसकेको छ अनि टीमले नर्वे विरुद्ध म्याचमा पहिलोपल्ट गोल खायो। जापानको निम्ति हिनाता मियाजावाले ८१औं मिनटमा गोल गरी टीमको जीत पक्का गरिन्। यो उनको टुर्नामेण्टमा पाँचौं गोल हो। यस जीतको साथै जापानले नर्वेसँग यस टुर्नामेण्टमा हासिल भएको गत हारको हिसाब पनि चुक्ता गऱ्यो। यसअघि यी दुई टीमबीच १९९९-को वर्ल्ड कपमा भिड़न्त भएको थियो अनि त्यस समय नर्वे ४-०-ले विजयी भएको थियो।

नर्वेको तर्फबाट इन्ग्रिड सिरस्टेडले १५औं मिनटमा आत्मघाती गोल गर्दा म्याचमा जापानको खाता खोलियो। त्यसपछि गुरो रीटनले २१औं मिनटमा गोल गरी नर्वेलाई १-१-को बराबरीमा पुऱ्याइन्। मध्यान्तरसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। दोस्रो हाफमा जापानकी खेलाड़ीहरूले गोल गर्न शुरु गरिन्। रिसा शिमिजुले ५०औं मिनटमा जापानलाई २-१-को बढ़त दिलाइन्। त्यसपछि मियाजावाले गोल गरी टीमको जीत सुनिश्चित गरिन्।

यसरी नै स्पेनले स्विट्जरल्याण्डलाई ५-१-ले पराजित गरी वर्ल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। क्वार्टर फाइनलमा स्पेनको भिड़न्त नीदरल्याण्ड र दक्षिण अफ्रिकाबीच खेलिने म्याचको विजेतासँग हुनेछ। स्विट्जरल्याण्ड विरुद्ध स्पेनको निम्ति बोनमाती (पाँचौं र ३६औं मिनट)-ले सर्वाधिक २ गोल गरिन्। यसबाहेक अल्बो रेडाडोले १७औं, लैया कोदीनले ४५औं र जेनिफर हर्मोसोले ७०औं मिनटमा गोल गरिन्। यसरी स्पेनकै खेलाड़ी कोदीनाले ११औं मिनटमा आत्मघाती गोल गर्दा स्विट्जरल्याण्डले म्याचको एकमात्र गोल हासिल गऱ्यो।