छात्राहरूलाई सेनिटेरी नेपकिन वितरण

IMG-20230805-WA0303.jpg

गान्तोक: लायन्स इन्टरनेश्नल ३२२ एफ अन्तर्गत लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमले टाइनी टटस स्कूल स्वास्थ्य स्वच्छतामाथि जागरूक गराउँदै सेनिटेरी नेपकिन वितरण गऱ्यो। उक्त कार्यक्रममा राज्य संयोजक लायन्स इन्टरनेश्नल ३२२ एफ लायन सञ्जय अग्रवालले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा क्लबका अध्यक्ष लायन गौतमले विद्यालयका प्राचार्य अजित शर्मा, विद्यालय उप क्याप्टेन र सरसफाई क्याप्टेनलाई खदा लगाएर स्वागत जनाए। स्रोतवक्ता सह क्लबका सुपर लेडी लायन हेमभ रश्मी निगमले म्यानस्टुरल हाइजि विषयमा विशेष गरेर प्रकाश पारेकी थिइन्। लायन निगमले बताए अनुसार महिलाहरूको पहिलोपल्ट मासिकधर्म हुँदा उनीहरू अन्यौलमा पर्नेगर्छन्। उनीहरूलाई यसबारेमा धेरै जना आमाहरूले जानकारी नगराएपछि मासिकधर्मबारे उनीहरू अनभिज्ञ रहने गरेको उनको भनाइ रहेको छ। सोही प्रकारले कार्यक्रममा लायन सीता मंगला, लायन प्रतिभा देवी र लायन पुष्पा अग्रवालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा विद्यालयका प्राचार्य अजित शर्माले लायन्स रम्फूलाई यस प्रकारको जानकारीमूलक कार्यक्रम विद्यालयमा आयोजना गरेकोमा धन्यवाद दिए भने यस अवसरमा चार सयवटा सेनेटेरी नेपकिन वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement