५ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा शनिवार स्थानीय मेला ग्राउण्डमा एउटा म्याच खेलियो।

आजको म्याचमा युनाइटेड गोर्खा एफसी-ले बीएसके जलपाइगढ़ीलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आइतवार खेलिने पहिलो क्वार्टर फाइनलमा एमएमएफसी निरपानी र नर्थ बेंगल आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ।