इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः समथार एफसी र बीवाईसी विजयी

photocollage_20238522571744.jpg

५ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा समथार फूटबल क्लबले अप्पर डोंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सावन भुजेलले २ अनि सर्बन भुजेलले १ गोल गरे। यसरी अप्पर डोंगबाट पासांग लेप्चाले गोल गरे। आजको दोस्रो म्याचमा बीवाईसी (बड़ा सुरुक युनाइटेड क्लब)-ले यांग्री युनाइटेडलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राजेश भुजेलले २ अनि विल्सन लेप्चाले १ गोल गरे। यसरी यांग्री युनाइटेडबाट मन छिरिंग लेप्चाले २ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement