मङ्पु: महिला तथा बालविकास विभागको आइसीडीएस मङपू क्षेत्रमा पनि आज स्तनपान सप्ताह अन्तर्गत विविध कार्यक्रमकाे आयाेजना गरियाे।
गत १ अगस्तदेखि ७ अगस्तसम्म स्तनपान सप्ताह पालन गर्ने क्रममा यो कार्यक्रम गरिएकाे बताए छ।
कार्यक्रममा स्तनपानको महत्व यसको तरीकाहरु अनि कामकाजी महिलाहरूले स्तनपानलाई सहज बनाउने के कस्ता प्रावधानहरु बारे आगनवादी कर्मी अनि सहायिकाहरूले जानकारी गराए। सन्तुलित अहारबारे केहि प्रत्यक्ष प्रदर्शनी पनि गरको थियो। यस अवसरमा गीत गाउँदै रेसेप बजार देखि नालीडाँडा सम्म आईसीडीएस कर्मीहरुले हातमा प्लाकार्ड बोकेर रेली पनि निलालेका थिए।