नाम्ची: नाम्चीस्थित दक्षिण सिक्किम साहित्य सम्मेलनको कार्यालयमा २०८औं भानुजयन्ती पालनलाई लिएर एक जरुरी सभा सम्मेलनका अध्यक्ष डा. नयन राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा भर्खरै दिवंगत भएका वरिष्ठ साहित्यकार एवं स्रष्टा पत्रिकका प्रमुख सम्पादक उपमान बस्नेतको निधनमा गहिरो शोक प्रकट गर्दै एक मिनटको मौन धारण गरियो। स्व. बस्नेतको जीवनी सम्मेलनका सल्लाहकार थीरूप्रसाद नेपालद्वारा संक्षिप्तमा प्रस्तुत गरियो।
सभामा आगामी भानु जयन्ती समारोहकाे कार्यक्रम तालिका तयार गरियाे। अभिनन्दन पत्र बनाउने जिम्मा थीरूप्रसाद नेपाल र ब्यानर बनाउने जिम्मेवारी प्रितम श्रेष्ठलाई दिइयो। सभामा खण्ड विकास अधिकारी तेन्जिङ भोटियाको पनि उपस्थिति रहेको थियो। अर्को सभा आगामी आठ जुलाई शुक्रबारको दिन हुने निश्चित गरिएको जानकारी सम्मेलनका प्रचार सचिव पेम नर्वु ‘ज्याति’ गराएका छन्।