फाँसीदेवा: आज एउटा लरी अनियन्त्रित भएर पल्टिएको खबर छ। उक्त घटना फाँसीदेवा खण्ड अन्तर्गत पर्ने विधाननगरको डाङ्गापाडा इलाकाको राष्ट्रिय राजमार्गमा भएको हो। यो दुर्घटनामा चालक र खलासी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार उक्त लरी सिलगढीतर्फ गइरहेको थियो। अचानक अनियन्त्रित भएर सडकमा पल्टँदा चालक र खलासी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयहरूको सहयोगमा विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। त्यहाँबाट प्राथमिक चिकित्सा गरेर उत्तर बंगाल मेडिकल कलेज एव अस्पतालमा रेफर गरेको छ। घटनाको खबर पाएर विधाननगर पुलिस बल घटनास्थलमा पुगेर उक्त लरी नियन्त्रणमा लिएको छ।










