सिलगढ़ी: डईआरआई टोलीले भारत म्यानमारबाट सिलगढ़ी हुँदै पटनामा सुनको तस्करी गर्न गईरहेको आरोपमा दुईजना अभियुक्तहरूलाई पक्राउ गरको छ। पक्राउ पर्नेहरूमा शाहदत हुसैन (५१) झारखण्ड निवासी र जलपाईगढी दिनबजार निवासी सुरेन्द्रकुमार साह (५९) लाई पक्राउ गरेको छ। सुँईको पाएर डीआरआई टोलीले सिलगढ़ी जङ्कसन एनबीएसटीसी बस स्ट्यान्डबाट प्रथमत शाहदत हुसैनलाई समाएर ब्याग जाँच गर्दा २ वटा सुनको बिस्कुट फेला परेको थियो भने सोधखोजमा उक्त सुनको बिस्कुट जलपाईगढी दिनबजार निवासी सुरेन्द्रकुमार साहलाई रु. ३२ लाख २९ हजार ५ सयमा बिक्री गर्न ल्याएको पतो लागेकोले सुरेन्द्रकुमार साहलाई पनि समाउँदा आरोप स्वीकार गरेको थियो।
डीआरआई टोलीले बताएअनुसार उक्त २ वटा सुनको बिस्कुटको ओजन ९३३ ग्राम रहेको साथै नगद रुपियाँ ३२ लाख २९ हजार ५ सय रुपियाँ पनि फेला परेको छ। जफत गरेको उक्त सुनको बजार मूल्य ४८ लाख ७० हजार ४४७ रुपियाँ रहेको जनाएका छन् भने दुवैलाई आज सिलगढ़ी अदालतमा पेश गरेको बताईएको छ।