उत्तर दिनाजपुरमा स्क्रब टाइफसका बिरामीको बढ्दो संख्या चिन्ताको विषय

3bf0e4b7-25b7-41bc-a9d3-8f6131a73198

उत्तर दिनाजपुर : रायगञ्जमा स्क्रब टाइफसका बिरामीको संख्या चिन्ताको विषय बनेको छ। रायगञ्ज मेडिकलमा धेरैलाई यो लक्षण देखेर भर्ना गरिएको छ। ज्वरोबाट पीडित हुनेको संख्या पनि उल्लेख्य छ। रायगञ्ज मेडिकलले बिहीबारसम्म उपचार गराएका २६ जना बिरामीमा स्क्रब टाइफस भेटिएको दाबी गरेको छ।

बाँकीको रगतको नमूना परीक्षण भइरहेको छ। बिरामीको संख्या अझै बढ्न सक्ने चिकित्सकको आशंका छ। बिरामीहरूमा ज्वरो आउने, शरीरमा कडा दुखाइलगायतका लक्षणहरू हुन्छन्। सबैको रगतको नमूना परीक्षण गरी आवश्यक उपचारको व्यवस्था पनि भइरहेको चिकित्सकहरूले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement