सिलगढी: आफ्नो क्षेत्रमा पानी जमेर हुने समस्याबारे अवगत गराउँदो आज सिलगढी नगरनिगमलाई वार्ड नम्बर ३१ र ५ का मानिसहरूले एउटा ज्ञापन चढाएको छ। यस क्षेत्रमा पानी पर्नासाथ जलमग्न हुने गर्छ। सर्वसाधारणलाई हिडडुल गर्न निकै समस्या पनि पर्ने गर्दछ।यस क्षेत्रको मानिसहरु धेरै समयदेखि यो समस्या भोग्दै आइरहेका छन्।तर हालसम्म पनि यो समस्याको कुनै समाधान भएको छैनन। आज दुवै वार्डका मानिसहरूले मिलेर डेपुटी मेयर रञ्जन सरकारसित यस विषयमा ज्ञापन चडाउदै आफ्नो समस्या बारे अवगत गराए।डेपुटी मेयरले पनि यस क्षेत्रको मानिसहरूको समस्या आगामी दुर्गा पुजा भन्दा अघि नै समाधान हेतु कार्य शुरु गर्ने पनि थप बताए।