सिलगढी: सिलगढी नगरनिगमको मुख्य कार्यालयमा ‘टक टु मेयर’ कार्यक्रमको आयोजना गरियो। भत्किएका सडक, फोहोर फाल्नेलगायतका समस्याबारे स्थानीयले मेयरलाई फोनमा गुनासो गरेका छन्।
शनिबार बिहान ११ बजीदेखि १२ बजीसम्म सिलगढी नगरनिगमको मुख्य कार्यालयमा यो कार्यक्रम आयोजना गरिएको थियो। सडक खराब भएको धेरै स्थानीयले गुनासो गरेका छन्। मेयर गौतम देवले उनीहरूको समस्याको दस्तावेजीकरण गरी समाधान गर्ने आश्वासन दिए।










