काेलकाता: दक्षिण कोलकाताको वुडल्याण्ड अस्पतालमा भर्ती पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको स्वास्थ्यमा अझ् सुधार भएको छ। शनिवार अस्पतालको तर्फबाट जारी हेल्थ बुलेटिनमा उनी बिस्तारै स्वस्थ भइरहेको, अब उनलाई एन्टी डोज दिने कुनै आवश्यकता नरहेको बताइएको छ।
माकपा नेता सूर्यकान्त मिश्राले बताए, पूर्व मुख्यमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ। उनी बोल्न सकिरहेका छन्। सबैकुरा सामान्य चलिरहेछ। यद्यपि उनले पूर्व मुख्यमन्त्रीले अस्पतालबाट कहीले छुट्टी पाउनेछन्, यसबारे बताएनन्।
चिकित्सामा सामेल डा. कौशिक मुखर्जीले भने, पूर्व मुख्यमन्त्री बिस्तारै स्वस्थ भइरहेका छन्, यसमा हामी खुशी छौं। आजदेखि एन्टी डोज बन्द गरिएको छ। थप दुई दिनसम्म निगरानीमा राखिनेछ। यदि सबैकुरा सामान्य रह्यो भने छुट्टी दिनबारे विचार गरिनेछ। अहिले यसबारे सोचेका छैनौं।











