डेङ्गुबारे जिल्ला शासक तथा स्वास्थ्य अधिकारीहरूसित गरे मेयरले बैठक

Capture2-2.png

सिलगढी: डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगममा आज एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम लगायत जिल्लाका स्वास्थ्य अधिकारी तथा स्वास्थ्य कर्मीहरूलाई लिएर आज मेयर गौतम देवले एउटा बैठक गरे। यस बैठकमा डेङ्गुको रोकथाम गर्नको लागि के-के गर्न आवश्यक छ, कस्तो प्रकारले कार्यहरू गरिने आदि जस्ता विषयमा चर्चा परिचर्चा गरियो। यस अवसरमा मेयरले भने, यसपटक डेङ्गुलाई लिएर विशेष पदक्षेप ग्रहण गरिनेछ। सहरको खाली जमिनहरू चाँडै सफा गर्ने जमिन मालिकहरूलाई निर्देश दिएको छ। डेङ्गु संक्रमण भएको खण्डमा यसको छेउछाउको १०० वटा घरमाथि विशेष नजर राखिनेछ। यसको साथै आगामी १७ अगस्तको दिन स्वच्छता दिवस पालन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement