मङ्पू क्षेत्रीय समितिद्वारा “सर्भिस बुक डे” पालन

SE2.jpg

मङ्पू: स्थानीय जीटीए क्षेत्रभरिको प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूको सर्भिस बुक जाँच गर्दै आज ५ अगस्तको दिन “सर्भिस बुक डे” पालन गरियो। मङपू क्षेत्रीय कार्यालयका एसआई उत्तम राय तथा स्कुल बोर्डका कर्मचारीहरूले आज मङ्पू क्षेत्रीय समिति कार्यालयको ४० वटा प्राथमिक पाठशालाको ९६ जना शिक्षक शिक्षिकाहरूको सर्भिस बुक जाँच गरे। विशेष गरेर अवकाश ग्रहण गरेपछि शिक्षक शिक्षिकाहरूको कागजपत्र सटीक होस् भन्ने उद्देश्यले जीटीए शिक्षा विभागले आज ५ अगस्तको दिनलाई सर्भिस बुक डे को रूपमा पालन गरेको एसआई उत्तम रायले बताए।

मङ्पू क्षेत्रभित्र पर्ने सम्पूर्ण शिक्षक शिक्षिकाहरूको
जीटीए शिक्षा विभाग अनि जीटीए कार्यपालले शिक्षक शिक्षिकाको निम्ति “सर्भिस बुक डे” पालन गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठनका केन्द्रिय समिति सदस्य शिशिर राई अनि मङ्पू क्षेत्रीय समितिका सचिव सौगन्ध राईले जीटीए कार्यपाल अनित थापा, प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेश चौहान, क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा तथा दुईवटा जिल्ला प्राथमिक शिक्षा विभागका अध्यक्षलाई आभार व्यक्त गरे आजको कार्यक्रममा ४० वटा प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement