सिलगढी: सिलगढी नजिकैको रंगपानीमा ग्यास कटरले एटीएम काटेर लाखौं रुपैयाँ लुट्ने सनसनीपूर्ण घटना बाहिर आएको छ। सिलगढीमा ग्यास कटरले एटीएमको भल्ट काटेर बदमाशले पैसा लिएर भागेका छन्। रंगपानी सुपर मार्केट नजिकैको एटीएममा भएको यो घटनापछि त्यहाँका जनता स्तब्ध भएका छन्।










