सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर २७ मा रहेको देशबन्धु स्पोर्टिङ क्लबको छेउमा रहेको बहुमंजिला भवनमा गए राति आगलागी हुँदा इलाकामा हलचल मच्चिएको थियो। बहुतले भवनको चिम्नीबाट धुवाँ निस्किएको देखेपछि स्थानीय मानिसहरुले दमकललाई खबर गरेका थिए। खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेर आगो निभाउन थाले। दमकलको निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।

सिलगढी थाना र दमकल विभागका अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। आगलागीमा कुनै मानवीय क्षतिको खबर आएको छैन।