इस्लामपुरः उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरको श्रीकृष्णपुर बाइपासमा शुक्रवार सॉंझ एम्बुलेन्स र लरीबिच टक्कर हुॅंदा एक बिरामीको मृत्यु भयो। यस घटनामा धेरै अन्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति इस्लामपुर महकुमा अस्पतालमा भर्ती गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, मृतक बिरामीको नाम अब्दुल जलील थियो। उनी ग्वालपोखर थाना अन्तर्गत बंशपोखर गाउॅं निवासी थिए। शुक्रवार जलीललाई उपचारको निम्ति सिलगढी मेडिकल सेन्टर ल्याइएको थियो। उपचारपछि उसलाई फर्काएर लैजाने क्रममा सडकमा दुर्घटना भयो।

उक्त घटनापछि मृतकको परिवारमा शोक छाएको छ। घटनाको सूचना पाएपछि पुलिस घटनास्थल पुगेर वाहनहरू जफत गरेको छ। पुलिसले अगाडिको कानूनी कारबाही शुरू गरेको छ।