मिरिक: एउटी महिलाको हत्याको खबर प्रकाशमा आएको छ। उक्त घटना मिरिकको ओकाइटी भन्ने ठाउँमा भएको हो। ४८ वर्षिय तारा छेत्री नाम गरेकी महिला मिरिकको ओकाइटी चियाकमानको पुरानो स्कुल डाडा वार्ड नम्बर ३ मा बसोबासो गर्थिन्। सो महिलाको गत राती अज्ञात व्यक्तिले हत्या गरी पलङमुनि फ्याँकीदिएको थियो। तिनकी ९ वर्षकी नातिनीलाई भने मुखमा लुगा खाँदेर हात बाँधिदिएको थियो। मिरिक थाना प्रभारी सुदिपकुमार विश्वास अनि पुलिसकर्मी घटनाको खबर पाएर तुरन्तै घटनास्थलमा पुगेर मृतक महिलाको शव उद्धार गरी पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज पठाइएको छ। उक्त घटनाबारे खबर लेखुन्जेलसम्म कुनै थाहा नलागेको र पुलिसले आफ्नो तर्फबाट जाँच शुरु गरिसकेको बताए।उक्त घटनाले मिरिक क्षेत्रमा नै शोकको लहर छाएको छ। स्थानीय मानिसहरूको भनाईअनुसार उक्त मृतक ४८ वर्षिय तारा छेत्री आफ्नी नातिनीसित घरमा बस्थिन् भने तिनको लोग्ने बीएसएफमा कार्यरत रहेको छ। उनका छोरो बेगलुरुमा कार्यरत छन् भने छोरीहरुको पनि विवाह भइसकेको छ। गाउँलेहरूले यस घटनाको कडा विरोध गर्दै यसको निष्पक्ष जाँच गरि दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने मांग पनि गरेका छन्।