इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिए नेपालका ज्ञानेन्द्र मल्लले

IMG-20230805-WA0175.jpg

५ अगस्तः नेपाल क्रिकेट टीमका स्टार ब्याटर ज्ञानेन्द्र मल्लले इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। मल्ल (३२ वर्षीय)-ले आफ्नो इण्टरनेशनल करियरमा ३७ वटा वनडे र ४५ वटा टी२० म्याच खेले। वनडे इण्टरनेशनल क्रिकेटमा उनले सातवटा अर्द्धशतकको साथ ८७६ रन बनाए। यसमा नामिबिया विरुद्ध बनाएको ७५ रन उनको सर्वोच्च स्कोर रह्यो। यसरी नै टी२० इण्टरनेशनलमा उनले १२०.२९-को स्ट्राईक रेटले ८८३ रन बनाए। यसमा एउटा शतक अनि दुईवटा अर्द्धशतक सामेल छ। भूटान विरुद्ध २०१९-मा उनले १०७ रन बनाएका थिए, जुन नेपालको तर्फबाट टी२०आई-मा कुनै पनि ब्याटरको दोस्रो सर्वोच्च स्कोर हो। मल्लले २०१४-मा टी२० वर्ल्ड कपको अवधि बंग्लादेशको चट्टग्राममा हंगकंग विरुद्ध इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए। आफ्नो बिदाई सन्देशमा मल्लले लेखेका छन्, मेरो विचारमा इण्टरनेशनल क्रिकेटबाट मैले छुट्टीको घोषणा गर्ने समय आएको छ। यो पवित्र खेल नै मेरो अस्तित्वको सार हो। स्थानीयदेखि राष्ट्रिय स्तरमा खेल्दासम्म यस खेलले मलाई जीवन, दृढ़संकल्प र एकताको शक्तिबारे अमूल्य शिक्षा दियो। आफ्नो देशको प्रतिनिधित्व गर्ने मौका पाएकोमा म आफूलाई भाग्यशाली ठान्छु। मलाई देशको निम्ति खेल्दा सदा गर्न अनुभव भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement