सिलगढ़ी पुलिस कमिश्नरेट सेमिफाइनलमा

IMG-20230805-WA0162.jpg

५ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी पुलिस कमिश्नरेटले सेमिफाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा शुक्रवार खेलिएको म्याचमा सिलगढ़ी पुलिस कमिश्नरेटले कञ्चनजंघा फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो।

म्याचमा खोकन रोय र साहित साईबोले १-१ गोल गरे। विजेता टीमका खोकन रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement