गोरूबथान: डायमन्ड क्लबको तत्वावधानमा प्रतिवर्ष नै स्वतन्त्रता दिवसको अवसर पारेर गोरुबथानको माल बस्ती फुटबल मैदानमा लात्ते भकुण्डो प्रतियोगिता समपन्न हुने गरेको छ। यो कार्य बिगत १९ वर्ष देखी अनवरत रुपमा चलिरहेको छ। आजको खेल सनराईजिङ वेलफेयर क्लब बनाम सत्यज्योति संघ बुडीखोलामाझ समपन्न भएको थियो।खेल अवधि भरि दुवै टिमले कुनै गोल एकार्काको विरुद्धमा दाग्न सकेन। फलस्वरुप निर्णायकले ट्राई ब्रेकर गरायो। ट्राई ब्रेकरमा सत्यज्योति संघ बुडीखोलाले दुइ गोलको विरुद्ध ४ गोल दागेर विजयी बन्न सफल बन्यो। आजको खेलको निर्णायकहरुमा क्रमैले हेमकुमार राई, अशोक रोय, अलप राई र चौथो निर्णायकको रुपमा निरेन दर्नाल रहेको थियो।भोलिदेखि सेकेन्ड राउण्ड खेल शुरु हुनेछ।भोलि रि नो एफ सी बनाम स्पोर्टिङ्ग क्लब मिनग्लासमाझ हुने जानकारी डायमण्ड क्लबको पक्षबाट कुन्दन प्रधानले दिएका छन्।