रिगूमा स्वतन्त्रता समारोहको तयारी

IMG-20230804-WA0461.jpg

गान्तोक: रंगेली महकुमा स्तरीय ७७ औं स्वतन्त्रता दिवस समारोह आयोजनालाई लिएर रिगू खण्ड विकास कार्यालयको पेक्षागृहमा ओबीसी वेल्फेयर बोर्डका अध्यक्ष निर्पत गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा एसकेएम पार्टी उपाध्यक्ष डम्बर कुमार प्रधान, महकुमा अधिकारी डीएस सुब्बा, खण्ड बिकास अधिकारी दोर्जी शेर्पा, उपनिर्देशक अनिल गिरी, विभिन्न बिभागिय अधिकारीहरुको उपश्थिति रहेको थियो। सभामा स्वतन्त्रता दिवस समारोहलाई अतिनै रोचक र जोशिलो बनाउनका निम्ति आगामी ६ अगस्तदेखि महकुमास्तरीय भलिबल टुर्नामेन्टको आयोजना गरिने र यसको समापन खेल स्वतन्त्रता दिवसको दिन खेलाइने निर्णय गरियो। भलिवल खेलका अतिरिक्त विध्यार्थीद्वारा परेड, देशभक्ति गीत, मिनी म्याराथन, साँस्कृतिक कार्यक्रम, अन्य आकर्षक खेलकुदहरुको आयोजना गरिने निधो गरियो। उपर्युक्त कार्यक्रमलाई आयोजना गर्नका निम्ति विभिन्न उप समितिलाई जिम्मेवारी दिईयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement