पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती पालन

19-16-27-pad-1024x546.jpg

मिरिक: युनाइटेड क्रिस्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकद्वारा आज मिरिक भूतपूर्व सैनिक संगठन भवनमा पादरी गंगाप्रसाद प्रधानको १७२औँ जन्मजयन्ती भव्यरुपमा पालन गऱ्यो। पास्टर मदनकुमार प्रधानको अध्यक्षता अनि कवियत्री कमला तामाङको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पादरी गंगाप्रसाद प्रधानको प्रतिकृतिमा माल्यार्पण गरिएको थियो भने विशिष्ट अतिथिमा एसबी गजमेर एवम् मिरिक साहित्य परिवारका सदस्यहरू एवम् साहित्यकार र समाजसेवीहरूको मुख्य उपस्थिति रहेको थियो। एल्डर निमन घलेले प्रार्थना शुरु गरेपछि स्वागत भाषण युनाइटेड क्रिस्चियन माइनोरिटी वेलफेयर सोसाइटीको मिरिक अध्यक्ष रेभरेन एन जोसुवा शर्माले राखेको थियो।
बीचमा पादरीद्वारा रचित ईसाई गीतहरूको पनि प्रस्तुति गरिएको थियो भने साहित्यकार राजबहादुर राई र एल्डर दयारत्न प्रधानले पादरी गंगाप्रसाद प्रधानमाथि वार्ता राखेको थियो। कार्यक्रममा पास्टर निर्मल थापा र सागर कार्कीडोलीले कविता प्रस्तुत गरेको थियो भने यस बर्ष माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने मिरिक डनबस्को स्कूलका विद्यार्थीहरू मनीष चौधरी र क्याटरीन थापालाई नगद छात्रावृति र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाईएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement