हराएको मोबाइल र ल्यापटप उद्धार गरेर पुलिसले सुम्पिदियो पत्रकारलाई

IMG-20230528-WA0320-5-300x172-2

सिलगढी: सिलगढी थाना पुलिसले हराएको मोबाइल र ल्यापटप उद्धार गरेर त्यसको असली मालिकलाई सुम्पिदिएको छ। सिलगढीका एकजना पत्रकार अभिजीत सिन्हाको मोबाइल र ल्यापटप हराएपथि तिनले गत २९ जुलाईमा सिलगढी थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केवल ६ दिनको अवधिमा हराएको मोबाइल र ल्यापटप उद्धार गरेको बताइएको छ। यसपछि आज सिलगढी पुलिसले पत्रकार अभिजीत सिन्हालाई तिनको हराएको मोबाइल र ल्यापटप सुम्पिदिएका छन्। हराएको मोबाइल र ल्यापटप पाएपछि अभिजीत सिन्हा खुसी हुँदै पुलिसलाई धन्यवाद पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement