सिलगढी: बागडोगराको कमलपुर चिया बगानबाट ९ फिट लामो अजिंगरको उद्धार गरिएको छ। शुक्रबार बगैंचामा चिया पात टिप्ने क्रममा मजदुरले रुखमा अजिंगर देखे त्यसपछि बागडोगरा वन विभागलाई जानकारी दिए। वन अधिकारीले घटनास्थल पुगेर अजिंगरको उद्धार गरेका थिए। अजिङ्गरलाई स्वास्थ्य परीक्षणपछि घना जंगलमा छाड्ने वन विभाग स्रोतले जनाएको छ।