अपडेटः भारी मात्रामा गॉंजासहित दुई तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगाल पुलिसको सीआईडीले भारी मात्रामा गॉंजाको साथमा दुई तस्करलाई पक्राउ गरेको छ। शुक्रवार बिहान सीआईडीले जारी गरेको बयान अनुसार, राष्ट्रिय राजमार्ग १६ मा अंकुरहाटीमा सरस्वती ब्रिज छेउ घेराबन्दी गरेर एउटा वाहन रोकियो। वाहन छानबिन गर्दा वाहनबाट १६४.५३ किलो गॉंजा भेटियो। यसको अनुमानित दाम लगभग पॉंच लाख रूपियॉं छ।

गाडीमा यात्रा गरिरहेका तस्करहरूलाई पनि पक्राउ गरिएको छ। आरोपितहरूको नाम बापन शेख र झण्टू मोल्ला बताइएको छ। उनीहरूले गॉंजा ओडिशाबाट ल्याएका थिए भने नदियामा तस्करी गर्न लागेका थिए। आरोपितहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाही शुरू गरिएको छ।

आज, शुक्रवार दिउॅंसो आरोपितहरूलाई हावडा कोर्टमा पेश गरियो। उनीहरूलाई सात दिनको हिरासतमा लिइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement