सिनोल्चु एफसी-को रोमाञ्चक जीत

IMG-20230804-WA0421.jpg

४ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिनोल्चु फूटबल क्लब (नाम्ची)-ले क्वार्टर फाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा शुक्रवार भएको रोमाञ्चक म्याचमा सिनोल्चु एफसी-ले सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल विजय राईले दर्ता गरे। विजय राईलाई प्लेयर अव् द म्याच चयन गरियो । यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गर्ने आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement