गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको सरकारी निवास मिन्तोगाङमा अजादीका अमृत महोत्सवको समापन कार्यक्रमलाई लिएर एक सभा सम्पन्न भयो। ठकमा ‘मेरी माटी, मेरा देश’ भन्ने नाराका साथ भारत सरकारले ‘माटी’ मा परिकल्पना गरेको महोत्सवको केन्द्रित क्षेत्रबारे छलफल गरियो। यो मुख्यतया राष्ट्रको लागि सर्वोच्च बलिदान गर्ने मानिसहरूको नाममा समर्पित रहेको छ। यस अगस्तमा भारतीयहरूले मातृभूमिको मिट्टीलाई समर्पित कार्यक्रमहरू र कार्यक्रम मार्फत मातृभूमिलाई श्रद्धांजलि अर्पण गर्नेछन्। ग्राम पञ्चायत स्तरबाट हुने कार्यक्रमहरूमा वसुधा वन्धन (७५ वटा बिरुवा रोप्ने) वीरों का वन्धन र राष्ट्रिय झण्डा फहराउने र राष्ट्रगान गाउने आदि समावेश गरिने छ। यस कार्यक्रमको समापन आगामी १९ अगस्तको दिन राजधानीस्थित पाल्जर स्टेडियममा भव्यरूपमा पालन गरिने भएको छ। सो कार्यक्रममा राज्यपाल लक्ष्मम प्रसाद आचार्य, मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहनेछन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले कार्यक्रम भव्यरुपमा सफल बनाउन सम्बन्धित सबै विभागलाई निकट समन्वयका साथ काम गर्न उचित व्यवस्था गर्न निर्देशन दिएका छन्।