गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज एसएसबी, फ्रण्टियर मुख्यालय, सिलगढीका महानिरीक्षक सुधीर कुमारले राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि सीमा सुरक्षा, भाइब्रेन्ट भिलेजको विकास, सहयोग र अन्य प्रासंगिक मामिलाहरूसॅंग सम्बन्धित विभिन्न मुद्दाहरूमाथि चर्चा गरियो।

महानिरीक्षक कुमारले भने, एसएसबी अन्तर्गत ३६ सीमा चौकी छन। यहॉं एसएसबीले देशको सुरक्षाका साथै सीमावर्ती क्षेत्रको जनताका आवश्यकताहरू चिन्हित गरेर सहायता प्रदान गर्दछ। सीमा चौकीको परिधिमा रहेका गाउॅंहरूसॅंग अटूट बन्धन स्थापित गरिएको छ। राज्यपालले खुशी व्यक्त गर्दै भने, सशस्त्र सीमा बलको समर्पण र जुनून देशको शक्ति हो। उनले राष्ट्र अनि राज्यको समग्र हितको निम्ति हर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिए।