गान्तोक: ७७औं स्वतन्त्र दिवसलाई ध्यानमा राखेर याङगाङ उच्चतर माध्यमिक विद्यालय खेल मैदानमा सम्पन्न भइरहेको स्वतन्त्र दिवस च्यालेन्ज कपमा आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब मुख्य अतिथिकोरूपमा उपस्थिति थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले आगामी ७७औं स्वतन्त्र दिवसलाई ध्यानमा राखेर सम्पन्न भइरहेको यो कार्यक्रम सफल रहोस् भन्ने शुभकामना दिए। हिजो सम्पन्न भएको विधायक दलको बैठकमा मुख्यमन्त्री तामाङले राज्यभरि सम्पन्न भइरहेको स्वतन्त्र दिवस कार्यक्रमलाई शुभकामना दिएको पनि उनले जानकारी गराए। अगस्त महिनाको कार्यक्रमहरु समाप्त भएपछि मुख्यमन्त्री तामाङले पूनः जनता भेट कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यो क्षेत्रमा पनि सेप्टेम्बर महिनामा मुख्यमन्त्री तामाङले भ्रमण गर्ने अवगत गराए। मुख्यमन्त्रीको भ्रमणको क्रममा प्रति घरको एक जनाले मुख्यमन्त्रीलाई भेट्न पाओस् भन्ने ध्येयले यहाँका वार्ड पञ्चायत अनि कार्यकर्ताहरूलाई मिलाउने पनि उनले निर्देश दिए। यो क्षेत्रमा द्रुत गतिमा भइरहेको विकासको कामले मुख्यमन्त्रीले यस क्षेत्रलाई प्राथमिकता दिएको प्रमाणित भएको उनले बताए।

यो क्षेत्रमा सिक्किम विश्वविद्यालयको निर्माण अनि भाले ढुङ्गाको महत्वाकाङ्क्षी योजनालाई निरन्तरता दिएको हुनाले यस क्षेत्रलाई धेरै फाइदा पुग्ने विचार व्यक्त गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले जनताको मागलाई ध्यानमा राखेर पूर्व सरकारले लथालिङ्ग छोडेको परियोजनाहरुलाई पनि निरन्तरता दिएको दावी गरे। पूर्व सरकारले मुख्यमन्त्री तामाङ खेलमन्त्री हुँदा शुरु गरेको आले ग्राउण्ड अनि जोरथाङ खेल मैदान परियोजनालाई ठप्प राखेको बताए। तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले मुख्यमन्त्रीको नेतृत्वमा त्यस्तो नकारात्मक अभ्यासलाई बन्द गरेको अनि सकारात्मक राजनीति शुरु गरेको उनले बताए। यो ठाउँ ऐतिहासिक रहेता पनि केही स्वार्थी व्यक्तिहरूले गर्दा यो ठाउँलाई कालो पोत्ने काम भएको बताउँदै आफ्नो परिवारको व्यक्तिलाई अघि बढाउन २०१४ मा पार्टीको उम्मेदवारलाई बलिदान दिने काम भएको उनले बताए। तर अब अहिले सबै एक भएर एउटा मंचमा आएका छौं। अब सबैले एक अर्कामा मतभेद भुलेरर २०२४ मा एसकेएम पार्टीको उम्मेदवारलाई जिताउनको निम्ति संकल्प लिनु पर्ने आग्रह गरे।