सिलगढ़ी: चोरी गरिएको स्कूटीसहित प्रधाननगर थानाको पुलिसबलले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढ़ी हैदरपाड़ा निवासी शेख रोहित भनि पुलिसले बताएको छ।
पुलिस सुत्रले दिएको जानकारी अनुसार गत २ जुलाईको दिन सिलगढ़ीको ४ नम्बर वार्ड निवासी शुभदीप साहा एउटा कार्यक्रममा सामेल हुन ४५ नम्बर वार्डमा पुगेका थिए।
कार्यक्रम सकिएपछि तिनले स्कूटी राखेको ठाउँबाट स्कूटी गायब भएको थियो। ३ जुलाईको दिन तिनले स्कूटी हराएको मामिला प्रधाननगर थानामा दर्ता गरेको थियो।
अभियोग दर्ता भएको ४ घन्टाको अन्तरालमा नै पुलिसले सर्किट हाउस मस्जिद मोड़ क्षेत्रबाट उक्त स्कूटी सहित शेख रोहितलाई पक्राउ गर्न सफल भएको थियो।
आरोपी शेख रोहितले स्कूटी बिक्री गर्नलाई त्यस क्षेत्रमा पुगेको पनि स्वीकार गरेको र आज तिनलाई सिलगढ़ी अदालतमा पठाएको पुलिस सुत्रले जनाएका छन्।









