फेसबुक पोस्टले गर्दा पक्राउ

IMG-20230528-WA0320-5-300x172-1

कालचिनीः सामाजिक सञ्जाल फेसबुकमा सत्तारूढ़ दलका राज्यसभा सांसद, मन्त्री र आईएनटीटीयूसीका नेताको नाम तोकेर दलाल संज्ञा दिएकोले यसको चर्को विवाद कालचिनी ब्लकका तृणमूल नेता अनि समर्थकहरूले गर्न थालेपछि शुक्रबार उक्त पोस्ट गर्ने आदिवासी युवा सामाजिक कार्यकर्ता अभीजित नागलाई कालचिनी थानाको पुलिसबलले पक्राउ गर्दै अलिपुरद्वार जिल्ला अदालतमा पठाएको छ।
सामाजिक सञ्जालमा यसरी तृणमूलका वरिष्ठ सांसद, मन्त्री अनि नेता विरुद्ध जे पायो त्यही लेख्ने विरुद्ध कड़ा कानूनी कारवाही हुनपर्ने तृणमूल नेता अनि समर्थकहरूले दाबी गरेका छन्। अर्कोतिर आदिवासी युवा सामाजिक कार्यकर्ता अभीजित नाग कुनै राजनैतिक दलका सदस्य वा कार्यकर्ता नरहेको र उसको अभिव्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाईने कतिपय मानिसहरूको भनाई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement