प्रधानमन्त्री मोदीको हेलिकप्टर उड्दा कांग्रेस कार्यकर्ताले उडाए कालो बलुन

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा त्रुटीको विषय फेरि एकपटक अघि आएको छ। यसपटक यो घटना आन्ध्र प्रदेशको भ्रमणको क्रममा विजयवाडामा भएको हो। यहाँ प्रधानमन्त्री मोदीको हेलिकप्टर टेक अफको क्रममा कांग्रेस कार्यकर्ताहरूले कालो बेलुन छोडे। एसपी सिद्धार्थ कौशलले यो घटना गन्नवरम एयरपोर्टमा भएको बताए। यस घटनामा कांग्रेसका तीन कार्यकर्ता पक्रा परेका छन्।यसको भिडियो पनि सार्वजनिक भएको छ। यस भिडियोमा कांग्रेस कार्यकर्ताले छोडेको कालो बेलुन प्रधानमन्त्री मोदीको हेलिकप्टरको निकै नजिक रहेको स्पष्ट देख्न सकिन्छ। यसलाई प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी मानिएको छ। बेलुन उडाउँदै कांग्रेस कार्यकर्ताले ‘नरेन्द्र मोदी गो ब्याक’को नारा पनि लगाए। यसअघि पञ्जाब विधानसभा चुनावअघि प्रधानमन्त्रीको पञ्जाब भ्रमणका क्रममा उनको सुरक्षामा लापरवाही भएको घटना अघि आएको थियो।

उल्लेखनीय छ, स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजुको १२५औं जन्मजयन्ती समारोहमा भाग लिन प्रधानमन्त्री मोदी आन्ध्र प्रदेश पुगेका थिए। यहाँ प्रधानमन्त्रीले आफ्नो काँसाले बनेको शालिकको पनि अनावरण गरेका छन्। यस अवसरमा प्रधानमन्त्रीले भने, ‘म यस आन्ध्र भूमिको महान आदिवासी परम्परा, यस परम्पराबाट जन्मेका सबै महान क्रान्तिकारी र बलिदानहरूलाई नमन गर्दछुl’ सीताराम राजु गरुको १२५औँ जन्मजयन्ती र रामपा क्रान्तिको १००औँ जयन्ती वर्षभर मनाइने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *