उत्तर दिनाजपुर : खोला कब्जा गरेर अवैध निर्माण कार्य भइरहेको छ। स्थानीयको गुनासोमा प्रशासनले काम रोकेर धारा १४४ जारी गरेको थियो। घटना उत्तर दिनाजपुर जिल्लाको गोलपोखर थानाको पञ्जीपाडा क्षेत्रमा भएको हो। गोलपोखरको पञ्जीपाडामा राष्ट्रिय राजमार्ग ३१ को किनारमा सुधा खोला रहेको बताइन्छ। उक्त खोलाको किनारमा अवैध रुपमा कब्जा गरेर निर्माण कार्य भइरहेको थियो। खोला अतिक्रमण गरी केही अविवेकी व्यक्तिले अवैध निर्माण गरिरहेको स्थानीयको आरोप छ। यो खोला अवरुद्ध भए धेरै गाउँ डुबानमा पर्छन्। यसबारे स्थानीयले प्रशासनमा गुनासो गरेका छन्। शुक्रबार दिउँसो गोवलपोखर बीएलआरओ खुश्बु लामा र पुलिस प्रशासनका अधिकारीहरूले काम रोकेर उक्त क्षेत्रमा धारा १४४ जारी गरेका थिए।