तीनधारेमा पैह्रोको चपेटमा पाँच छवटा घरहरू : एकजना गम्भीर घाइते

IMG-20230804-WA0356.jpg

खरसाङ: केही दिनदेखि लगातार रूपमा परिरहेको पानीले गर्दा खरसाङ खण्ड अन्तर्गत तीनधारेको अप्पर गोलाईमा पैह्रोले ४-५ वटा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उक्त पैह्रोमा परेर एकजना गम्भीर घाइते बनेकी छन् भने ५-६ जनालाई सामान्य चोट लागेको बताइएको छ। तीनधारेको अप्पर गोलाईस्थित ब्लु डाईमण्ड अंग्रेजी स्कूल मुनिपट्टि गएको पैह्रोले शुरुमा सडकमै रहेको किरण गुरुङको दोकान सोह्रोरेर लगेको छ भने पैह्रोले सुदन गुरुङको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।

उक्त घरमा रहेका नानी भागेर ज्यान जोगाए भने सुदन गुरुङकी पत्नीलाई ढाढमा चोट लागेको र उपचारको लागि तीनधारे रेलवे अस्पताल लगेर खरसाङ महकुमा अस्पताल उपचारको लागि लगिएको छ। पैह्रोले सबैभन्दा बेसी सुदन गुरुङको घरमा भएको छ। यदि रातीको समय पैह्रो आएको भए ज्यानमालको पनि क्षति हुने देखिएको छ। यो पैह्रोमा परेर मेनुका थापाको घर पनि पूर्ण रूपमा क्षति गरिएको कारणले घरको सबै सर सामानहरू नजिकैको छिमेकीको घरमा सारिएको छ। त्यसरी नै सड़कको छेउमा रहेको रुपसाङ योञ्जनको घर पैह्रोले तानिसकेको छ भने यस घरको मुनिपट्टिको सबै भाग पैह्रोको चपेटमा परेको छ। यसबाहेक पनि पैह्रोले कल्पना प्रधान, किरण गुरुङ र रोशन गुरुङको घरलाई पनि धेरै खतरा सिर्जना भएको छ। उक्त पैह्रो दिउँसो १२ देखि १२.३० बजेभित्रमा गएको स्थानीयहरूले बताएका छन्।

उक्त पैह्रो गएको घटनापछि घैयाबारी ग्राम पञ्चायतबाट तारपोलिनहरू ल्याएर पैह्रो छोप्ने कार्य गरिएको छ। यस पैह्रो गएको घटना चाल पाएर तीनधारे पुलिस आउट पोष्टको पुलिस अधिकारीहरू साथै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री घटनास्थलमा उपस्थित रहेका थिए। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईको नवनिर्वाचित पञ्चायत सदस्यहरू क्रमैले सुष्मिता गजमेर, अजय विश्वकर्म, योगराज प्रधान र पञ्चायत समितिको सदस्या स्नेह बरदेवा पनि उपस्थित रहेका थिए। जनप्रतिनिधिहरू र स्थानीयहरूका पहलमा हातेमालो गर्दै पैह्रो प्रभावित परिवारहरूलाई पुनर्वास गराउन सहयोग गरेका थिए। उक्त पैह्रो निरीक्षण गर्नलाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे पनि आएका थिए।

तीनधारेको पैह्रो विषयमा क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत सदस्यहरू अजय विश्वकर्म र सुष्मिता गजमेर, पञ्चायत समिति सदस्या स्नेह बरदेवा, बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे र स्थानीयहरू साथै पैह्रो पिढीतहरूले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement