मतिगढा थानामा नयाँ सीसीटीभी क्यामाराको कन्ट्रोल रूमको उद्घाटन

21b294e7-a787-417c-8923-2bd1b1fc58c1-1024x768.jpg

सिलगढी: अपराध रोक्न तथा कानुन व्यवस्थाको परिस्थितिमाथि निगरानी गर्न सिलगढी पुलिस कमिश्नरेट प्रतिबद्ध छ। आज मतिगढा थाना इलाकामा नयाँ जडान गरिएको ८० वटा सीसीटीभी क्यामाराको कन्ट्रोल रुम खोलिएको छ। यसको सहयोगमा थाना बसेर नै पुलिस कर्मीहरूले विभिन्न इलाकामा नजर राख्न सक्नेछन्। सिलगढी पुलिस कमिश्नरेट इलाकाभरिमै सीसीटीभी क्यामाराको संख्या लगातार बढाइरहेको छ। सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाउने उद्देश्य लिएर पुलिसले सीसीटीभी क्यामारा बढाउने योजना लिएको छ। सहरको प्रत्येक थाना इलाकामा सीसीटीभी क्यामारा जडना गरिरहेको छ। पुलिस कमिश्नर अखिलेश कुमार चर्तुवेदीले आज मतिगढा थानामा नयाँ सीसीटीभी क्यामाराको कन्ट्रोल रूमको उद्घाटन गरे। मतिगढाको खप्रेल मोड, बालास ब्रिज, परिवहन नगर, विश्वास कोलनी लगायत विभिन्न इलाकामा यी नयाँ सीसीटीभी क्यामारा जडान गरिएको छ।

About Author

Advertisement