सिलगढी: पश्चिम बङ्गाल प्रदेश कांग्रेस कमेटीले सिलगढी नगर निगम अभियान शुरु गर्यो।यसमा उनीहरुले धेरै मागहरू गर्दै निकालेको जुलुस महानगरपालिका प्रवेश गर्नुअघि नै पुलिसले रोकेको थियो।यसै विषयमा कांग्रेस कार्यकर्तासँग पुलिस झडप भएको थियो सिलगढी नगरपालिकाले सेवा प्रवाह गर्न असफल भएको आरोप लगाउँदै प्रदेश कांग्रेस कार्यकर्ताहरूले शुक्रबार सिलगढीको बाघजातिन पार्कबाट जुलुस निकाले। महानगरपालिका अगाडि जुलुस निस्कदा पुलिसले रोकेको थियो। त्यसपछि प्रदेश कांग्रेस कार्यकर्ता र पुलिसबीच भीषण झडप भएको थियो। प्रदेश कांग्रेसका कार्यकर्ताले महानगरपालिकाको गेट खोलेर भित्र पसे पछि काउन्सिलर सुजोय घटक, वार्ड नं १६, सिलगढीको हस्तक्षेपमा ६ जनाको प्रतिनिधिमण्डलले नगरपालिका आयुक्त सोनम वाङ्दी ५ बुँदे मागसहितको ज्ञापनपत्र बुझायो। वार्ड काउन्सिलर सुजोय घटकले भने, सिलगढी टाउन बोर्डमा कांग्रेसका पार्षदहरू छन्। आज हामीले धेरै मुद्दा ल्याएका छौं। यी सबै समस्याको समाधान नभए भविष्यमा कूल ४७ वडाका बासिन्दासहित नगरपालिकामा आउनेछौं।