कोलकाताः पश्चिम बंगाल पुलिसको सीआईडीले हावड़ा जिल्लाको डोमजुर थाना अन्तर्गत सरस्वती ब्रिज छेउ एउटा वाहनबाट १६४.५३ किलोग्राम गॉंजा जफत गरेको छ। साथै, दुई आरोपितलाई पनि पक्राउ गरेको छ। उक्त जानकारी सीआईडीले शुक्रवार बिहान दिएको हो। सीआईडी अनुसार, बिहिवार अबेर राति सूचना पाएपछि राष्ट्रिय राजमार्ग १६ मा अंकुरहाटीमा सरस्वती ब्रिज छेउ घेराबन्दी गरेर उक्त वाहन रोकियो। वाहनमा छानबिन गर्दा १६४.५३ किलोग्राम गॉंजा भेटियो।
पक्रा पर्ने आरोपितहरूको नाम मुर्शिदाबाद जिल्ला निवासी बापन शेख र झण्टू मोल्ला बताइएको छ। उनीहरूले बताए अनुसार, गॉंजा ओडिशाबाट ल्याइएको हो र यसलाई बिक्री गर्न नदिया गइरहेका थिए। आज दिउॅंसो आरोपितहरूलाई हावड़ा कोर्टमा पेश गरिने बताइएको छ।
-हिस