कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको बेहलामा माटो लिएर गइरहेको एउटा द्रूत गतिको ट्रकले एक सात वर्षीय नाबालिग र उनको पितालाई टेप्टाउॅंदा दुवैको मृत्यु भएको छ। घटनापछि आक्रोशित मानिसहरूले पुलिसको गाड़ी र मोटरसाइकलमा आगो लगाइदिए भने सरकारी बसमा तोड़फोड़ गरे। उनीहरूले सड़क जाम गरेर प्रदर्शन गरे। पुलिसले स्थितिलाई नियन्त्रित गर्नुको साटो लाठीचार्ज गरेको छ। यसावधि दुवैतिरबाट ढुङ्गा प्रहारको घटना भएको बताइएको छ। यस घटनामा धेरै घाइते भएको थाहा लागेको छ।
-हिस