एक व्यक्तिको रहस्यमय मृत्यु भएपछि इलाकामा हंगामा

5e1e2305-c334-4efc-9ad9-62c62402f228

कुचबिहार: तुफानगञ्ज २ ब्लकको रामपुर २ नम्बर ग्राम पञ्चायत क्षेत्रका धनो बर्मन (५५) नामका व्यक्तिको रहस्यमय मृत्यु भएको खबरले पुरै इलाकामा शोक फैलाएको छ। घरबाट बोलाएपछि हत्या भएको परिवारको दाबी छ। हिजो राति व्यक्ति परिवारसँग घरमै सुतेका थिए। उनको शव आज बिहान घरबाट केही दूरीमा सडकमा फेला परेको स्थानीयवासीले जानकारी दिए।

घटनाको जानकारी पाउनासाथ बक्सिरहाट थानाको पुलिस घटनास्थलमा पुगेपछि स्थानीयले शव राखेर सडक अवरुद्ध गरेका थिए। मानिसहरू भन्छन् कि सबैभन्दा पहिले त्यो व्यक्तिको हत्या कसले गऱ्यो भनेर अनुसन्धान गर्नुपर्छ। त्यसपछि शव पुलिसलाई बुझाइयो। घटनाले क्षेत्रमा तनाव फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement