४ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा दालिम किराँत एफसी-ले सजिलै म्याच जित्यो। मालबस्ती खेल मैदानमा बिहीवार भएको म्याचमा दालिम किराँत एफसी-ले स्पोर्ट्स क्लब गोरुबथानलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पुकार राई र रोहित थापाले २-२ गोल गरे। म्याचमा विवेक प्रसाद रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा राजेश थापा र निरेन दर्नाल थिए। अलोप राई फोर्थ अफिसियल थिए।

टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, शुक्रवार खेलिने म्याचमा सनराइजिंग वेलफेयर क्लब र सत्य ज्योति संघबीच भिड़न्त हुनेछ।