पहिलो टी२० म्याचमा भारतको हार

IMG-20230804-WA0028.jpg

४ अगस्तः वेष्ट इण्डिज विरुद्ध पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भारत ४ रनले पराजित भयो। त्रिनिदादको ब्रायन लारा स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४९ रन बनायो। कप्तान रोवम्यान पावेलले ३२ बलमा ३ वटा छक्का र ३ वटा चौकाको साथ सर्वाधिक ४८ रन बनाए। यसबाहेक निकोलस पूरनले २ वटा चौका र २ वटा छक्काको साथ ३४ बलमा ४१ रन बनाए। यी दुई बाहेक ब्रेण्डन किंगले २८ र शिमरोन हेटमायरले १० रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंह र युजवेन्द्र चहलले २-३ विकेट लिए। जवाफमा भारतले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। केवल २८ रनमा दुवै ओपनरलाई गुमाएरपछि भारतले म्याच हातबाट फुत्कायो।

तिलक वर्माले ३ वटा छक्का र २ वटा चौकाको साथ २२ बलमा सर्वाधिक ३९ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले २१, कप्तान हार्दिक पाण्ड्याले १९ र अक्षर पटेलले १३ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा अबेड मेकोय, जेसन होल्डर र रोमारियो शेफर्डले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement