डा. मंगलम स्वामीनाथन फाउण्डेशनद्वारा राष्ट्रिय पुरस्कार २०२३ को निम्ति प्रविष्टिहरू आमन्त्रित

n52472456216910886209396349d3fdcd29419e1adbb94683f03cf63dc8569f39665a7c91628040ec26458b.jpg

नयॉं दिल्ली। डा. मंगलम स्वामीनाथन फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा उत्कृष्टताको निम्ति राष्ट्रिय पुरस्कार २०२३ को निम्ति प्रविष्टिहरू आमन्त्रित गरेका छन्। राष्ट्रिय पुरस्कार २०२३ अन्तर्गत पॉंच पुरस्कार प्रदान गरिने छ, जसमा पत्रकारिता, स्वास्थ्य रिपोर्टिङ, विज्ञान रिपोर्टिङ, कला एवं संस्कृतिमा उत्कृष्टता र सामाजिक सेवा (श्री दत्तोपन्त ठेंगड़ी सेवा सम्मान) सामेल छन्। डा. मंगलम स्वामीनाथन फाउण्डेशन अनुसार, यी पुरस्कारहरूको निम्ति प्रविष्टिहरू ३० सेप्टेम्बर, २०२३ सम्म पठाउनु पर्नेछ। यो वर्ष पुरस्कारहरूको घोषणा अक्टोबर, २०२३ को अन्तिम हप्तासम्म गरिने छ। पुरस्कार २९ नोभेम्बर, २०२३ मा आयोजित गरिने भव्य समारोहमा चयनित व्यक्तित्वहरू र संस्थानहरूलाई प्रदान गरिने छ। अझ जानकारीको निम्ति फाउण्डेशनको वेबसाइट (https://www.msfoundation.in/press_release/) मा गएर हेर्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement