दिव्याङ्गजनलाई सम्मानजनक जीवन प्रदान गर्नु सम्पूर्ण समाजको दायित्व हो: राष्ट्रपति मुर्मू

n5246803641691088414427151dd9fe94088279a1d3e77ec1f268644a418c756ac0734b9ffef37f77b2db1c.jpg

राष्ट्रपतिले नेशनल फेडरेशन अफ द् ब्लाइण्डको स्वर्ण जयन्ती समारोहमा भाग लिइन्

नयाँ दिल्ली। राष्ट्रपति द्रौपदी मुर्मूले दिव्याङ्ग व्यक्तिहरूलाई सम्मानजनक जीवन प्रदान गर्नु समस्त समाजको जिम्मेवारी रहेको बताइन्।

उनले भनिन्, हामीले यो सुनिश्चित गर्नुपर्छ कि उनीहरूले उचित शिक्षा, रोजगारको अवसर, सुलभ सार्वजनिक स्थल औ एक सुरक्षित एवं श्रेष्ठ जीवन पाउन्।

राष्ट्रपतिले बिहीवार नयाँ दिल्लीमा नेशनल फेडरेशन अफ् द ब्लाइन्डको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गरिरहेकी थिइन्। उनले दृष्टिहीन दिव्याङ्गजनलाई आफ्नो क्षमतामाथि विश्वास राख्ने अपील गर्दै अघि भनिन्, भारतीय संस्कृतिमा दिव्याङ्गतालाई कहिले पनि ज्ञान प्राप्त गर्न तथा उत्कृष्टता हासिल गर्नमा बाधा मानिएको छ। उनले ऋषि अष्टावक्र अनि महान कवि सूरदासको उदाहरण दिँदै भनिन्, “दृष्टिभन्दा अधिक महत्वपूर्ण अन्तर्दृष्टि छ।”

विगत 50 वर्षदेखिकै दृष्टिहीन दिव्याङ्गजनहरूको जीवनलाई सुन्दर बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेशनल फेडरेशन अफ् द ब्लाइन्डको सराहना पनि राष्ट्रपतिले गरिन्। उनले भनिन्, फेडरेशनले दृष्टिबाधित दिव्याङ्गजनहरू समक्ष आइपर्ने चुनौतीहरूको बारेमा समाजमा जागरूकता फैलाएको छ जसले गर्दा समाज अधिक समावेशी बन्न पुगेको छ। सरकारले विभिन्न पहलहरूको माध्यमबाट दिव्याङ्गजनहरूको सशक्तिकरणको निम्ति निरन्तर काम गरिरहेको जानकारी गराउँदै राष्ट्रपतिले नेशनल फेडरेशन अफ् द ब्लाइन्डले दृष्टिहीन दिव्याङ्गजनहरूको समग्र विकास औ सशक्तिकरणको लक्ष्यलाई हासिल गर्ने दिशामा सरकार तथा समाजसित मिलेर आफ्नो प्रयासलाई जारी राख्ने विश्वास व्यक्त गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement